धादिङको दामेचौरमा दुर्घटना, एकको मृत्यु, चार घाइते

खरीबोट

मलेखु, धादिङ । त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडाँैतर्फ आउँदै गरेको बा१६च ८७७३ नंको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो । 

सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छिन् । घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो । 

सम्बन्धित समाचार

भक्तपुरमा स्कूल बस दुर्घटनामा ६५ विद्यार्थी घाइते (अपडेट)

भक्तपुर  । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते

भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते

भक्तपुर  । भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । दुर्घटनामा परेको स्कुल बस क्रिश्चियन कम्युनिटी स्कुलको भएको प्रहरीले जनाएको छ ।  बस मुलपानीबाट  बा २ क

झापामा एम्बुलेन्सको ठक्करबाट मृत्यु

दमक । एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको

बिपी राजमार्गमा बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

सिन्धुली । बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् ।  सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन गरी सातजना