सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

खरीबोट

फाइल तस्बिर

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताए । 

रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताउनुभयो । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उहाँको भनाइ छ । 
“मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उहाँले भन्नुभयो, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।” 

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उहाँले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए । 

सम्बन्धित समाचार

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

काठमाडौँ ।  सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ ।  कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख

न्यायाधीशलाई सम्पति सार्वजनिक गर्न कुनै आपत्ति छैन् : कामु प्रधानन्यायाधीश जोशी

काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति नभएको बताएका छन् ।  न्यायिक पत्रकारसँगको भेटमा आज उनले भने — ‘सरकारले सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानून बनाएमा न्यायाधीशलाई सम्पत्ति

प्रधानन्यायाधीशका लागि तीनजनाको नाम सिफारिश 

काठमाडौँ । नयाँ प्रधानन्यायाधीशका लागि तीनजनाको नाम संबैधानिक परिषदमा सिफारिश भएको छ ।  आज बसेको न्यायपरिषदको बैठकले प्रधानन्यायाधीशका लागि दिपकराज जोशी, चोलेन्द्रशमशेर जबरा र ओमप्रकाश मिश्रलाई सिफारिश गरेको हो । गोपाल पराजुली

नागरिकको न्यायका लागि काम गर्छु : कामु प्रधानन्यायाधीश

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको सुधारका लागि कार्यान्वयनमा रहेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गरी नागरिकको न्यायका लागि काम गरिने बताएका छन् ।  कामु प्रधानन्यायाधीशको जिम्मेवारी आज सम्हालेपछि कानून तथा