म्यानमारको सेनाले पहिलो पटक रोहिंग्या हत्यामा आफ्नो संलग्नता स्वीकार

खरीबोट

काठमाडौँ । म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाको क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ । 

रोहिंग्याको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गर्दै आएको म्यानमारको सेनाले पहिलो पटक हत्या तथा ज्यादतीमा सेनाको संलग्नता स्वीकार गरेको हो ।

तर म्यान्मारको सेनाले सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको दाबी गरेको छ । सेनाका अनुसार इन दिन गाउँमा १० जनाको हत्या भएको र त्यसमा चार सुरक्षाकर्मी सामेल रहेको जनाएको छ । सेनाले जारी गरेको प्रतिवेदनमा चार सुरक्षाकर्मीले प्रतिशोधको रुपमा १० जनाको हत्या गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा मारिएकालाई बंगाली आतंकवादीको सज्ञा दिइएको छ भने आक्रमणमा स्थानीय बासिन्दाले सहयोग गरेको दाबी गरिएको छ । म्यानमारको सेनाले रोहिंग्या चरमपन्थीका लागि बंगाली आतंकवादी शब्द प्रयोग गर्ने गर्छ । म्यानमारमा रोहिंग्या मुसलमानमाथि ज्यादती हुँदै गएको छ ।

गएको अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा हिंसा भड्किएको थियो । हिंसाको क्रममा रोहिंग्या मुसलमानमाथि आम नरसंहार गरेको आरोप म्यानमारमाथि लाग्ने गरेको छ ।

गएको अगस्टदेखि अहिलेसम्म साढे ६ लाख रोहिंग्या मुसलमान छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् । बुद्धिस्ट समुदायको सहयोगमा सेनाले आफूहरुको घर जलाउने तथा सर्वसाधारणको हत्या गर्ने गरेको रोहिंग्याको आरोप छ ।  

रोहिंग्या प्रकरण सन् २०१७ को प्रमुख घटनाको रुपमा अन्तर्राष्ट्रिय जगतले लिएको थियो । यस प्रकरण पछि म्यान्मारकी नेत्री आङसाङ सुकीको विश्वभर चर्को आलोचना पनि भएको थियो ।  
 

सम्बन्धित समाचार

पहिलो पटक ६२ रोहिंग्या शरणार्थी स्वदेश फर्काइए

याङगोन, म्यान्मार । म्यानमारले बङ्गलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिंज्या शरणार्थीलाई रखाइन राज्यस्थित ङखुया शिविरमा स्वागत गरेको यहाँको बाणिज्य दूतको कार्यालयले आइतबार बताएको छ ।  फिर्ता भएका रोहिंज्या शरणार्थीमध्ये ५८ जना म्यानमारका राष्ट्रपतिद्वारा

रोहिंग्या चरमपन्थीले गत अगष्टमा हिन्दूहरुको नरसंहार गरेको एम्नेष्टी इन्टरनेशनलको खुलासा

काठमाडौं । म्यान्मारको रोहिंग्या चरमपन्थीले गत वर्षको अगष्टमा दर्जनौँ हिन्दूहरुको हत्या गरेको खुलासा भएको छ । मानवअधिकार संगठन एम्नेष्टी इन्टरनेशनले गरेको जाँचका क्रममा यस्तो खुलासा भएको हो ।  एम्नेष्टीका अनुसार आरसा

रोहिंग्या समस्याबारे छानवीन गर्न राष्ट्रसंघ प्रतिनिधिद्वारा म्यानमारलाई आग्रह

न्यापित, म्यान्मार ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंग्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताएका छन् ।  उक्त राज्यमा रोहिंग्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि सरकारी सेनाबाट स्थितिलाई नियन्त्रणमा

रोहिंग्या समुदायका महिलालाई बलात्कार गरेको आरोप म्यान्मारका सेना प्रमुखद्वारा अस्वीकार

याङ्गुन ।  म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कार लयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको अस्विकार गरेका छन् ।  राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको