• २०८१ बैशाख १६ आइतबार

बंगलादेशको रोहिंग्या शिविरमा भीषण आगलागी, १२ हजार घरबारविहीन

kharibot

काठमाडौँ । दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आफ्नो छाना गुमाएका छन् ।

आइतबारदेखि सुरु भएको यो आगलागीको चपेटामा अहिलेसम्म कक्स बजार शिविरका २ हजारभन्दा बढी आश्रयस्थल पुगेका छन् ।

छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२ हजार मानिस अहिले घरबारविहीन भएको अनुमान गरिएको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन र मानवीय क्षति भने भएको छैन । स्थानीय समय अनुसार आइतबार दिउँसो ३: ४५ बजेतिर लागेको यो आगलागीले केही बेरमा बाँस वा तारपालले बनेका आश्रय गृहमा आगो लागेको थियो ।

बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानलेका अनुसार लगभग २,००० आश्रयस्थलहरू जलेको आशंका गरिएको छ र १२,००० रोहिग्या घरबारविहीन भएका छन् ।

तीन घण्टाभित्र आगो नियन्त्रणमा लिइएको उनले बताए तर यस क्रममा कम्तीमा ३५ मस्जिद र शरणार्थीका लागि बनेका करिब २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै