• २०८१ बैशाख १६ आइतबार

रोहिंग्या मुसलमानले किन मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति ?

kharibot

फाइल तस्बीर

लन्डन । घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएको आरोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेको भन्दै रोहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् । 

सन् २०१७ मा सेनाको दमनका कारण बौंद्ध धर्मालम्बीको बाहुल्यता रहेको म्यानमारमा करिव १० हजार रोहिंग्या शरणार्थी मारिएको अनुमान छ । सेनाको दमनपछि लाखौं रोहिंग्या देश छोडेर छिमेकी मुलुक वंगलादेशमा शरण लिएका थिए । शरणार्थीले उजुरी गरेको विषयमा फेसबुकले कुनै टिप्पणी गरेको छैन् । 

घृणास्पद र खतरनाक तथा गलत सूचना बर्षौं देखि प्रवाह गरेको फेसबुकमाथि आरोप लाग्दै आएको छ । 

केही शरणार्थीको पक्षमा काम गर्दै आएको बेलायतको एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेको जनाइएको छ । म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी होचुवाका भरमा फेसवुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्रोत्साहन गरेको निवदेनमा जनाइएको छ । 

रोहिंग्याविरुद्ध भइरहेका गालीगलौज गर्ने व्यक्तिको अकाउन्ट डिलिट नगरेको पनि निवेदनमा जनाइएको छ । सञ्चारमाध्यम र दातृ संस्थाको चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेको फेसबुकमाथि आरोप लागेको छ । 

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंग्याको तर्फबाट उजुरी परेको छ । म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन् । अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् । 

म्यानमारको सेनाले राज्यसंरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक मुस्लिम रोहिंज्याँले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ । तर, सेनाले रोहिंग्या मुस्लिममाथि ज्यादती नगरेको दाबी गरेको छ । 

म्यानमारको उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ ।

राष्ट्रसंघले सार्बजनिक गरेको एउटा प्रतिबेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै