म ‘एकदम स्थिर स्वभाव’को व्यक्ति हुँ : डोनाल्ड ट्रम्प

खरीबोट

वासिङ्टन, अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै ट्वीटर सन्देशमा आफू ‘एकदम स्थिर क्षमतावान् स्वभाव’को मानिस भएको जनाउनुभएको छ । 

एउटा विवादास्पद पुस्तकका लेखक ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ‘केटाकेटी जस्तो’ हेर्ने गरेको बताएपछि यसबारे प्रतिक्रिया जनाउँदै राष्ट्रपतिको यो भनाइ आएको हो । 

माइकल वुल्फले ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ शीर्षकको आफ्नो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेको बताउँदै पुस्तकमा ट्रम्पलाई ‘केटाकेटी जस्तो’ भनी चित्रण गरेको भनी विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । 

राष्ट्रपति ट्रम्पले बिहानै लगातार ट्वीटरमार्फत भन्नुभएको छ, “मेरो जीवनभर मेरा सबैभन्दा महत्वपूर्ण दुई सम्पत्ति भनेका नै ‘बौद्धिकता’ र ‘क्षमता’ हुन् ।” 

आफूमाथि हिलारी क्लिन्टनले पनि पटक पटक वुल्फले जस्तै विशेषण लगाएर आरोपित गर्ने गरेको तर अहिले ती सबै अन्त्य भइसकेका ट्रम्पको दाबी छ । 

उहाँले भन्नुभयो, “म एक सफल व्यवसायी, वरिष्ठ टेलिभिजन स्टार हुँदै एकैपटकमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित बन्न सफल व्यक्ति हुँ ।” “मेरो विचारमा यसले मलाई बौद्धिकमात्र नभई क्षमतावान् व्यक्ति भएको पुष्टि गर्छ”, ट्रम्पले लेख्नुभएको छ । 

वासिङ्टनमा छोटो समयमा नै ठूलो सङ्ख्यामा बिक्री भएको पुस्तकबारे ट्रम्पले भन्नुभयो, “वुल्फको पुस्तक मैले ‘दिक्कलाग्दो र झुटो’ भएको पाएँ ।” 

राष्ट्रपति ट्रम्पले आफूलाई चोट पु¥याउन सञ्चारमाध्यम र अरूले उक्त पुस्तकलाई अघि बढाएकोे दाबी गर्नुभएको छ । 

सम्बन्धित समाचार

डोनाल्ड ट्रम्पको अमेरिकी नेतृत्वमा एक बर्ष, नागरिक विभाजित

न्यूयोर्क ।  सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उनी सम्भवत सवैभन्दा धेरै विवादास्पद बने ।  अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको

'झूटो समाचार' लेख्ने चर्चित अमेरिकी मिडियालाई डोनाल्ड ट्रम्पले दिए फेकन्युज अवार्ड ! 

उत्तर अमेरिका । आफूबारे झूटा समाचार लेखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै मिडियाविरुद्ध आगो ओकल्दै आएका छन् । ट्रम्प र मूलधारका अमेरिकी मिडिया हाउसबीच एक किसिमको

राष्ट्रपति ट्रम्पले पोर्न स्टारसँगको सम्बन्ध लुकाउन पैसा दिएको दाबी 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी नयाँ विवादमा परेका छन् । अमेरिकाबाट प्रकाशित हुने वाल स्ट्रिट जर्नलले राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्री (पोर्न स्टार) सँग सम्बन्ध राखेको समाचार

अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी आप्रवासीबारे आएका समाचारको खण्डन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँफूलाई अफ्रिकी ‘गरिब मुलुकहरू’का विरुद्ध अभिव्यक्ति दिएको भनी आएका समाचारको शुक्रबार ट्वीटर सन्देशमार्फत खण्डन गरेका छन् ।  ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग बिहीबार भएको बैठकका क्रममा आप्रवासन