• २०८१ बैशाख १५ शनिबार

डोनाल्ड ट्रम्प पक्राउ पर्न सक्ने प्रकरण के हो ?

kharibot

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारसम्म आफु पक्राउ पर्ने अभिव्यक्ति दिएका छन् । उनले आफु मंगलबारसम्म पक्राउ पर्न सक्ने भन्दै आफ्ना समर्थकहरुलाई यसको विरोध गर्न आग्रह गरेका छन् ।

रिपोर्टका अनुसार २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पको एक पोर्न स्टारसँग अफेयर थियो । उनले अफेयर लुकाउन धेरै पैसा दिएका थिए । यो मुद्दा विगत ५ वर्षदेखि न्यूयोर्कमा अनुसन्धानको क्रममा छ । यस सम्बन्धमा उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

यदि ट्रम्प यस मामिलामा दोषी ठहर भएमा यो पहिलो अमेरिकी पूर्व राष्ट्रपतिविरुद्ध ल्याइएको आपराधिक मुद्दा हुनेछ । अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले आपराधिक आरोपको सामना गरेका छैनन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मा एक पोस्ट लेख्दै म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट आफूलाई पक्राउ गरिने गोप्य सूचना प्राप्त भएको बताए । यद्यपी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।

ट्रम्पका वकिलहरूले कानून प्रवर्तनबाट यस बारे कुनै जानकारी प्राप्त नभएको बताउँछन् । ट्रम्पको पोस्ट मिडिया रिपोर्टमा आधारित रहेको पनि बताए ।

डोनाल्ड ट्रम्प २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । सन् २०१६ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । यस क्रममा ट्रम्पमाथि पोर्न स्टार स्टर्मी डेनियलसँग अफेयर रहेको आरोप लागेको थियो र ड्यानियललाई अफेयर लुकाउन पैसा दिइएको थियो ।

यति मात्र होइन, डेनियलले भनेका थिए– ट्रम्पका पूर्व वकिल माइकल कोहेनले मलाई सन् २०१६ को चुनावअघि चुपचाप बस्न १ लाख ३० हजार डलर दिएका थिए । तर, ट्रम्पले डेनियलसँगको यौन सम्बन्धको आरोप अस्वीकार गर्दै आएका छन् । यो विषय राजनीतिक रुपमा प्रेरित भएको उनको भनाइ छ ।

ट्रम्पकी श्रीमती मेलानियाले छोरालाई जन्म दिएपछि अफेयर सुरु भएको डेनियलले बताए । ट्रम्पको छोरा जन्मेको चार महिनापछि हाम्रो सम्बन्ध सुरु भएको र २००६ मा यौन सम्बन्ध राखेको बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै