• २०८१ बैशाख १४ शुक्रबार

संविधान नै सरकार गठनमा बाधक : उपेन्द्र यादव

kharibot

राजविराज ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन् । 

सप्तरीको राजविराजमा आज बिहान कार्यकर्तासँगको भेटका क्रममा उहाँले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गरेमात्रै मुलुकले निकास पाउन सक्दछ भने । 

आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताउँदै आए पनि बलजफ्ती जारी गरेको कारण समस्या आएको समेत अध्यक्ष यादवले आरोप लगाए । संविधानमा रहेको त्रुटिपूर्ण व्यवस्थाकै कारण निर्वाचन परिणाम आइसक्दा पनि सरकार गठनमा ढिलाइ भएको समेत उनले टिप्पणी गरे । 

सरकार गठनमा देखिएको संवैधानिक अड्चनपछि जबर्जस्ती संविधान जारी गर्ने तिनै दलका नेताहरुले संविधानमा त्रुटि रहेको कुरा स्वीकार गरिरहेको उनको भनाइ थियो । 

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि सबै दल मिलेर संविधान संशोधन गर्नु नै एकमात्र विकल्प भएको जिकिर गरे । ‘‘प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको कुरा निर्वाचनमार्फत व्यक्त गरिसकेकाले संशोधन अपहरिहार्य छ’’ अध्यक्ष यादवले भने । 

सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले सप्तरी जिल्लाको विकास हुन नसक्नुको मुख्य कारण विगतका सरकार भएको समेत आरोप लगाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै