• २०८१ बैशाख १५ शनिबार

कमिशन वृद्धिको माग गर्दै खाना पकाउने ग्यासको बिक्री बन्द

kharibot

फाइल तस्बिर

विराटनगर ।  मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै बुधबारदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । 

बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् ।  ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ । 

अहिले बिक्रेताले प्रतिसिलिण्डर रु ३५ कमिशन पाउँदै आएका छन् । 

महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले कमिशनको रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसे पनि कुनै निर्णय नभएपछि बाध्य भएर बिक्री वितरण बन्द गर्नुपरेको बताए । 

विराटनगरमा हाल ग्यासकोे मूल्य रु एक हजार ३५५ रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै