• २०८१ बैशाख १५ शनिबार

निगमले बढायो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मुल्य

kharibot

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मुल्य बढाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मुल्य बढाएको जानकारी दिएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटरमा २ रूपैयाँ तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

मुल्य बढेपछि काठमाडौंमा अब पेट्रोलको मुल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ । त्यस्तै खाना पकाउने ग्यासको मुल्य भने देशभर १ हजार ९ सय १० रूपैयाँ भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै