• २०८१ बैशाख १७ सोमबार

रौतहटमा जिप डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

kharibot

फाइल तस्विर

गौर । रौतहटमा जिप डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।

गएराती प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँदै गर्दा जीप सडकमा डुबेपछि ६ जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको जीप राजपुर अस्पताल भन्दा सय मिटर पर नदीले कटान गरेको थाहा नपाउदा डुबेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । घटनामा जीपका चालक र अर्का एक जनाले भने ज्यान बचाउन सफल भएको प्रहरीले बताएको छ । लगातारको बर्षापछि रौतहट पुरै जलमग्न रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै