• २०८१ बैशाख १५ शनिबार

एनआईसी एशिया बैंकको बाजुरा शाखाको मार्तडीमा उद्घाटन सम्पन्न

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकलको बाजुरा शाखाको आज उद्घाटन गरिएको छ । 

अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीति अन्तरगत यस बैंक र युके एडको लगानीमा सञ्चालित सक्षम एसेस टु फाइनान्ससँगको सहकार्यमा बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा गत श्रावण २२ गते देखि संचालित शाखा कार्यालयको आज मंगलबारका दिन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख अतिथ्यता आयोजित एक समारोहका बिच बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो । 

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एन आई सी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ। यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ  । सक्षम युकेएडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डिएफआईडी नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा  नेपालमा कार्य गरिरहेको छ ।

समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ्ग पहुँच अभिबृद्दि गर्ने कार्यमा सक्षम तथा एन आइ सी एसिया बैंकको साझेदारी सहीतको यस कार्यक्रमले सम्पुर्ण क्षेत्रमा बैंकको पहुँच पु¥याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नितीलाई थप सहज बनाएको धारणा राखे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बाजुरा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय