• २०८१ बैशाख १७ सोमबार

ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै, राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्ने 

kharibot

काठमाडौं । वाम गठबन्धनले आज पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेका छन् ।

हाल सरकार गठनका विषयमा देखिएको अन्योलता, राष्ट्रिय सभा निर्वाचन समबन्धि विधेयक तथा समसामयीक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न अपराह्न तीन बजे अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा साथ दिनेहरु मतदाताहरुप्रति धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको जानकारी अधिकारीले दिए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै