काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट अमरेश कुमार सिंह विजयी भएका छन् ।
अन्तिम मतगणना अनुसार काँग्रेस नेता सिंहले १५३९ मत अन्तरले विजयी भएका छन् । सिंहले २९६७५ मत प्राप्त गरेर विजयी भएका छन् भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्रप्त गरेका छन् ।
सिंह प्रतिनिधि सभामा विजयी हुने काँग्रेसका २२औ उम्मेदवार हुन् ।