चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।
पाण्डेले प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीलाई १४४४२ मत अन्तरले पराजित गरेका हुन् ।
पाण्डेले ५०८९६ मत प्राप्त गरेका छन् भने बुर्लाकोटीले ३६४५४ मत ल्याएका छन् ।
यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित भएका थिए ।