• २०८१ बैशाख १६ आइतबार

बारा-२, ३, ४ का प्रदेशसभा 'क'मध्ये दुईवटामा वाम र एउटामा फोरम विजयी

kharibot

बारा । बारामा अहिले भइरहेको मत गणनाको मतपरिणाम अनुसार वाम गठबन्धनका दुई जना र एक जना फोरम नेपालका उम्मेदवार गरी तीनवटा प्रदेश सभामा विजय हासिल गरिसकेका छन् भने एउटाको मतपरिणाम अझै आउन बाँकी रहेको छ । बाराको चारवटै निर्वाचन क्षेत्रमध्ये तीनवटा प्रदेशसभा २, ३ र ४ का 'क'तर्फकाे अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

प्राप्त मतपरिणामअनुसार बारा क्षेत्र नम्बर २ प्रदेशसभा 'क'का संघीय समाजवादी फोरम नेपालका उम्मेदवार सारदा शंकर साह कलवारले १६ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामप्रवेश यादवले ८१०० मत प्राप्त गरे ।

त्यस्तै बारा क्षेत्र नम्बर ३ प्रदेशसभा 'क'मा माओवादीकी उम्मेदवार ज्वाला साहले ११७७१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार रामानन्द यादवले १० हजार १ सय ४६ मत प्राप्त गरे ।

यस्तै बारा क्षेत्र नम्बर ४ प्रदेशसभा 'क'का एमाले उम्मेदवार सुन्दर विकले ११ हजार ७ सय ७० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अाेम्कृष्ण कार्कीले ८३२३ मत प्राप्त गरे ।

यता बारा क्षेत्र नं १ प्रदेशसभा 'क'का एमालेका उम्मेदवार त्रिलोकी चौधरीले १४ हजार ३ सय ३७ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार पेमा लामाले १२ हजार ७ सय ९१ मत प्राप्त गरेर पछ्याउँदै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै