• २०८१ बैशाख १५ शनिबार

बायोब्याट्रीको विकासमा रिसर्चरहरु, पसिनाबाटै ऊर्जा उत्पादन हुने

kharibot

न्युयोर्क । बिंगम्टन युनिभर्सिटीको एउटा अध्ययनटोली (रिसर्च टिम)ले एउटा कपडामा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायोब्याट्रीको विकास गरेका छन् ।

यो ब्याट्रीलाई भविष्यमा पहिरिनसकिनेवाला इलेक्ट्रोनिक्ससँगै जोडिनेछ र युनिभर्सिटीको इलेक्ट्रिकल एण्ड कम्प्युटर साइन्सका सहप्राध्यापक रिओके चोईको नेतृत्वमा एउटा टोलीले बायोब्याट्रीको विकास गरेको जनाइएको छ ।

जसले कागजमा आधारित माइक्रोबियल फ्युलजत्तिकै अधिकतम ऊर्जा उत्पादन गर्न सक्नेछ । यसलाई खुम्च्याउने, बटार्ने आदि क्रियाकलापबाट पनि ब्याट्रीले लगातार बिजुली पैदा गर्ने क्षमता राख्नेछ ।

प्राध्यापकका अनुसार कपडामा आधारित यसलाई पछि इलेक्ट्रोनिक्ससँग जोड्नसकिनेछ । उनका अनुसार सही समयमा सही सूचनाको लागि फ्लेक्जिबल र स्ट्रेचेबल इलेक्ट्रोनिक्सको आवश्यकता पर्छ जसलाई धेरैप्रकारको प्लेटफार्मअनुसार प्रयोग गर्न सकिन्छ ।

परम्परागत फ्युल सेलको तुलनामा माइक्रोबियल फ्युल सेल पहिरिन सकिने इलेक्ट्रोनिक्सको लागि सबैभन्दा राम्रो शक्तिस्रोत हुनसक्ने बताइएको छ । यस किसिमका ब्याट्रीहरु मानव शरीरबाट निक्लिने पसिनाले फ्युलको काम गर्न सक्ने उनीहरुको विश्वास छ ।

किनकि पसिनामा ऊर्जा पैदा गर्ने ब्याक्टेरिया पाउन सकिने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै