• २०८१ बैशाख १६ आइतबार

विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड

kharibot

पाटन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।

विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौँ वार्षिक उत्सवको अवसरमा ‘बढाऔँ विद्युतीय चुल्होको प्रयोग, पुर्‍याऔँ स्वास्थ्य सुधारमा सहयोग’ भन्ने सन्देशसहित विद्युतीय चुलोसम्बन्धी आज ललितपुरमा आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी छ भने ।

देशको समृद्धिको  आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताए ।

ऊर्जामन्त्रीले राष्ट्रिय चुलो अभियानलाई सफल बनाउन निजी क्षेत्रलाई पनि अनुदान र सहुलियत दिएर सहभागी गराउनुपर्ने बताए ।

उनले जलवायु परिवर्तनका असर र त्यसबाट कृषि क्षेत्रमा परेको प्रभावबारे सबै पक्ष गम्भिर हुनुपर्छ भने । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी आर्थिक वर्षदेखि सुरुहुने १६ औ आवधिक आयोजनामा विद्युतीय चुलोको प्रयोग बढाउँदै एलपी ग्यासको आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए ।

सामुदायिक विद्युत् राष्ट्रिय उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले २०७५ माघ ११ गते सुभारम्भ भएको यो अभियानलाई सफल र सार्थक बनाउन विभिन्न सङ्घसंस्थासँग मिलेर आफूहरुले काम गरिरहेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै