• २०८१ बैशाख १४ शुक्रबार

खोटाङबाट प्रतिनिधि सभामा एमालेका बिशाल भट्टराई विजयी

kharibot

खोटाङ ।  प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी भएका छन् । 

उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गरे । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद्समेत रहनुभएका भट्टराई एमाले बैकल्पिक केन्द्रीय सदस्य हुन । 

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ चैत २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीति शुरु गरेका थियो । २०३९ सालमा सोही विद्यालयमा स्ववियु सदस्य निर्वाचित भएका भट्टराईले काठमाडौँको रत्नराज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका छन्  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै