मोरङ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।
रिजालले एमालेका उम्मेदवार ऋषिकेश पोखरेललाई १८०५ मत अन्तरले पराजित गरेका छन् ।
रिजालले ३५८१९ मत ल्याएर विजय हासिल गरेका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरलले ३४०१४ मत ल्याएका छन्।
रिजालको जितसँगै मोरङमा कांग्रेसले विजयी खाता खोलेको छ । मोरङबाट काँग्रेसका नेता डा. शेखर कोइराला र महेश आचार्य पराजित भएका छन् ।