• २०८१ बैशाख १४ शुक्रबार

अब मोआवादी सकियो, केन्द्र मात्र बाँकी – केपी ओली 

kharibot

फाइल तस्विर

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन् । 

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले पहिलो र दोस्रो चरणको निर्वाचनले व्यवहारिक रुपमै एमाले पहिलो पार्टी भइसकेकाले अरु कसैले प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् । 

तराई मधेशमा एमाले प्रति नकारात्मक भ्रम फैलाइएको भन्दै उनले यसले आफुहरुलाई कुनै फरक नपर्ने बताए । राजनीतिक प्रणाली एमालेले भने जस्तो हुनुपर्ने बताउदै अध्यक्ष ओलीले हिजोका कमीकमजोरी कसरी हटाउछौ भन्ने कुराको प्रतिनिधित्व एमालेले गरेको बताए । 

एमाले माक्सवादी दर्शनमा आधारित पार्टी भएको बताउदै ओलीले देशको रक्षा, विकास, स्वाधीनताको रक्षा गर्ने एमाले समर्पित रहेको उल्लेख गरे ।सबै क्षेत्रमा आधुनिकीकरण गरेर विकासलाई अगाडी बढाउने बाटोमा एमाले रहेको भन्दै देशलाई आधुनिक बनाउन सक्छौ भन्नेमा एमाले विस्वस्त रहेको उनले बताए ।

राष्ट्रियता र लोकतन्त्रको सबालमा एमालेका नीतिहरु जनताको हितमा अगाडी बढाउने नीतिहरुको भएको भन्दै अध्यक्ष ओलीले आफ्नो निहित स्वार्थको लागि मौसम अनुसारको नीति लिनेहरूबाट देशको हित नहुने बताए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जमिनदारी हैकम चलाइरहेको आरोप लगाए । कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन देशविदेशी शक्तिसँग मिलेर केहि बामपन्थीहरु नै लागि रहेको अध्यक्ष ओलीले बताए । बामपन्थी पार्टीहरुमा भएको संक्रिणताले नै एक भएर जान नसकेको बताउदै कम्युनिष्टहरुलाई हराउन कम्युनिष्टनै लागेको बताए । 

प्रचण्डले भरतपुर महानगरपालिकाको प्रमुखमा छोरीलाई जिताउन अनेक प्रपञ्च गरेको उनको आरोप थियो ।  प्रचण्डमा नातावाद कृपावादको मोह भएको भन्दै अब माओवादी पार्टीमा अब केही बाँकी नरहेको र केन्द्र मात्र बाँकी रहेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गणेशकुमार अधिकारीसहित तीन सय कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै