• २०८१ बैशाख १७ सोमबार

आचारसंहिता पालनामा प्रेस काउन्सिलको आम सञ्चारसमक्ष अपिल

kharibot

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनका समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सजक रही सत्य, तथ्य, सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्न सबै पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल गरेको छ । 

संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको यो ऐतिहासिक निर्वाचन सफल बनाउन पत्रकार र आम सञ्चारमाध्यम फेरि पनि उत्तिकै जिम्मेवार, मर्यादित, उत्तरदायी र अनुशासित हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ । 

काउन्सिलले निर्वाचन विशेष अनुगमन गरेको उल्लेख गर्दै मतदानको सम्पूर्ण आधिकारिक परिणाम सार्वजनिक नभएसम्म चलिरहने काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

मतदान प्रक्रिया पूरा भई निर्वाचनका आधिकारिक परिणाम सार्वजनिक नहुँदासम्म स्वच्छ, सन्तुलित एवं निष्पक्षरूपमा समाचार सम्प्रेषण गर्नुु पत्रकार र आमसञ्चारमाध्यमको सामाजिक एवं राष्ट्रिय उत्तरदायित्व भएको काउन्सिलले स्पष्ट गरेको छ । 

गत कात्तिक २६ गतेदेखि यही मंसिर १९ गतेसम्म पहिलो र दोस्रो चरणको मौन अवधि र मौन अवधिअघिको समयमा आचारसंहिता पालना नगर्ने आमसञ्चारमाध्यमको संख्या दोहोरिएको हुँदा बढी १५१ वटा देखिए तापनि कूल ११६ वटा आमसञ्चारमाध्यममा ३०० वटा सामग्री आचारसंहिताविपरीत पाइएका छन् । 

आचारसंहिता पालना नगर्ने ती आम सञ्चारमाध्यमलाई ध्यानाकर्षण, सचेत, निर्देशन तथा स्पष्टीकरण मागसहित आचारसंहिता पालनामा सजग रहन पत्राचार गरिसकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै