• २०८१ बैशाख १४ शुक्रबार

ग्लोबल आईएमई बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स कारोबार सुरु

kharibot

काठमाडौँ । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंकबीच व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

हालै सम्पन्न सम्झौता पत्रमा  हस्ताक्षर पछि भारतस्थित एक्सिस बैंकका ३ हजारभन्दा बढी शाखाहरु मार्फत पठाएको रकम  नेपालमा रहेका ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६ हजारभन्दा बढी तथा बेष्ट रेमिटका ४ हजारभन्दा बढी एजेन्ट मार्फत सजिल्यै प्राप्त गर्न सकिने छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । 

२०७४ असोज मसान्तसम्म  १ खर्व ४ अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै