• २०८१ बैशाख १५ शनिबार

ग्लोबल आईएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा

kharibot

बर्दिया(गुलरिया) । ग्लोबल आईएमई बैंकले आइतबारदेखि बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा नयाँ शाखा विस्तार गरि कारोवार सुरु गरेको गरेको छ ।

ग्लोबल आईएमई बैंकले बर्दिया जिल्लाको दोस्रो शाखा कार्यालय संचालन गरे सँगै बैंकको शाखा संख्या २ सय ६७ पुगेको पनि जनाएको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्गसम्म सेवा पुराउने उद्देश्यले ७ वटै प्रदेशका बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दे आइरहेको जनाएको छ । 

बर्दिया जिल्लाको भुरिगाँउमा पहिलो कार्यालय खोलेको बैंकले सदरमुकाम गुलरियामा आज एक कार्यक्रमका बीच दोस्रो कार्यकाल खोलेर बैंकिङ कारोवार संचालनमा ल्याएको छ। बर्दिया जिल्ला मै चैत्र महिना भित्रमा राजापुर र बाँसगडिमा पनि नयाँ शाखा विस्तार गर्ने ग्लोबल आईएमई बैंक प्रदेश नं ५ का प्रमुख रवि श्रेष्ठले बताए। 

देश कै सबैभन्दा बढी निक्षेप र कर्जा प्रवाह गरेको यस बैंकलेअत्याधुनिक प्रविधियुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्ट्रेलिया , बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले कृषि कर्जा अन्तर्गत बाख्रा पालन, माछा पालन, तरकारी खेती लगायतका कर्जामा १५ लाख सम्म सरल र छिटो ऋण उपलब्ध गराउने ग्लोबल आईएमई बैंक गुलरिया शाखा प्रमुख राजेश सिंहले बताए । 

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै