• २०८१ बैशाख १५ शनिबार

ग्लोबल आईएमई बैंक गुलरियाद्वारा रक्तदान कार्यक्रम

kharibot

बर्दिया ‌(गुलरिया) । ग्लोबल आईएमई बैंक विराटनगरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

गुलरिया नगरपालिका बडा ५ मा रहेको बैंकको कार्यालयमा फागुन ३ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । बैंकिङ सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको ग्लोबल आईएमई बैंक गुलरियाका शाखा प्रमुख राजेश सिंहले बताए । 

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६० पोइन्ट रगत संकलन भएको थियो ।

करिब एक महिना अघि मात्र ग्लोबल आईएमई बैंकले गुलरिया शाखा विस्तार गरेर कारोवार सुरुवात गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै