गृहमन्त्रालयद्वारा एकै दिन ३१ सिडियोको सरुवा (सुची सहित)

खरीबोट

फाइल तस्विर

काठमाडौँ । गृहमन्त्रालयले काठमाडौं सहित विभिन्न ३१ जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडियो) को सरुवा गरेको छ । गृहमन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मालाई सरुवा गरेको छ । शर्मालाई केहि दिन अघिमात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको थियो ।

यसैगरी रुपन्देहीका सिडियो विनोद प्रसाद साहलाई पर्सामा, बागलुङ ऋषिराम तिवारीलाई झापामा, गृहमन्त्रालयका रामप्रसाद आचार्यलाई मोरङमा, मन्त्रालयकै श्याम प्रसाद भण्डारीलाई धादिङमा, बाबुराम श्रेष्ठलाई महोत्तरीमा, भागिरथ पाण्डेलाई सप्तरीमा, महेश आचार्यलाई धादिङबाट स्याङ्जामा , महोत्तरीका सिडियो विरेन्द्र कुरमार यादवलाइ गहमन्त्रालयमा र सप्तरीका कामु सिडियो कृष्ण बहादुर कटुवाललाई परिचय पत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै जनकराज पन्तलाई बाँकेको सहायक सिडियोबाट ओखलढुंगाको सिडियोमा, भुपेन्द्र थापालाई गृहमन्त्रालयबाट सोलुखुम्बुको सिडियोमा, कष्ण बहादुर घिमिरेलाई धनकुटाको सहायक सिडियोबाट प्युठानको सिडियोमा, गृहमन्त्रालयका लक्ष्मण विक्रम थापालाई दोलखाको सिडियोमा, गृहकै हिरादेवी पौडेललाई रसुवाको सिडियोमा, जनार्दन गौतमलाई दार्चुलाको सिडियोमा, कृष्णप्रसाद अधिकारीलाई म्याग्दीको सिडियोमा, अध्यागमन विभागका निर्देशक मोहन जिसीलाई ताप्लेजुङको सिडियोमा, यज्ञराज बोहोरालाई दोलखाको सिडियोबाट गृहमन्त्रालयमा, चोमेन्द्र न्यौपानेलाई रसुवाको सिडियोबाट धनकुटाको सहायक सिडियोमा र धर्मनन्द जोशीलाई बुझाङको सिडियोमा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले सरुवा गरेको सिडियोको सुची 

सम्बन्धित समाचार

गृह मन्त्रालयले गर्यो १३ सहसचिव र ३१ उपसचिवको सरुवा (सुची सहित)

काठमाडौं । गृह मन्त्रालयले १३ सहसचिव  र ३१ उपसचिवको सरुवा गरेको छ । जसमध्ये २० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।  गृह मन्त्रालयका अनुसार  सहसचिवबाट मकवानपुरको सिडियोमा चक्रबहादुर बुढालाई तोकिएको

बाढी पिडितलाई सहयोग गर्न गृहमन्त्रालयद्वारा एक करोड ९७ लाख निकासा

काठमाडौँ ।गृह मन्त्रालयले बाढी, पहिरो र डुबानको प्रकोपमा परेकालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९७ लाख प्रभावित जिल्लामा आज निकासा गरेको छ ।  जिल्ला दैवी प्रकोप उद्धार

गृहमन्त्रालयद्वारा एकै दिन ३१ सिडियोको सरुवा (सुची सहित)

काठमाडौँ । गृहमन्त्रालयले काठमाडौं सहित विभिन्न ३१ जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडियो) को सरुवा गरेको छ । गृहमन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मालाई सरुवा गरेको छ । शर्मालाई केहि दिन