• २०८१ बैशाख १६ आइतबार

ललितपुरको प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाल

kharibot

काठमाडौं । गृह मन्त्रालयले आन्तरिक महाशाखमा रहेका तुल्सीबहादुर श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ । त्यस्तै नक्सालस्थित हेडक्वाटरमा रहेका एसएसपी शेखर खनाललाई ललितपुर प्रहरी परिसरको जिम्मेवारी तोकिएको छ ।

इपीएस परीक्षाको विषयमा बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख सिद्धिबिक्रमश शाहलाई फिर्ता बोलाएको थियो । त्यसपछि दुवै पद खाली रहेको थियो । सो घटनाको गृह मन्त्रालयले समिति बनाएर छानबिन गरिरहेको छ भने सरकारले न्यायिक आयोग बनाएर नै छानबिन गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै