• २०८१ बैशाख १५ शनिबार

विराट कोहलीको लगातार दोस्रो दोहोरो शतक, बन्यो यस्तो रेकर्ड 

kharibot

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले फेरी नयाँ रेकर्ड बनाएका छन् । 

हाल श्रीलंकाविरुद्ध जारी तेस्रो टेस्टको दोस्रो दिन विराटले आफ्नो दोहोरो शतक पुरा गर्दै टेस्ट क्रिकेटमा आफ्नो छैठौ दोहोरो शतक पुरा गरेका छन् । कोहलीको यो लगातार दोस्रो खेलमा दोस्रो दोहोरो शतक हो ।

दिल्लीको फिरोजशाह कोटला मैदानमा भएको खेलमा कोहलीले बनाएको दोहोरो शतकसँगै टेस्ट क्रिकेटमा सबैभन्दा बढी ६ वटा दोहोरो शतक बनाउने कप्तान भएका छन् । यस अघिको खेलमा दोहोरो शतक बनाउदै कोहलीले वेस्ट इन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराको कप्तानको रुपमा पाँच दोहोरो शतकको बराबरी गरेका थिए । 

यस अघि कोहलीले श्रीलंका विरुद्धको तेस्रो टेस्टको पहिलो दिन १५६ रन नट आउट बनाएका थिए । 

साथै विराटले टेस्ट क्रिकेटमा ५ हजार रन पनि पुरा गरेका छन् । टेस्ट क्रिके मा ५ हजार रन बनाउने विराट विश्वका ११औ ब्याट्सम्यान बनेका छन् । ६३ टेस्ट खेलका १०५ पारीमा आफ्नो ५ हजार रन पुरा गरेका हुन् ।  

साथै विराटले साथै विराट कोहलीले अन्तरार्ष्ट्रिय क्रिकेटमा १६ हजार रन पनि पुरा गरेका छन् । उनि टेस्ट क्रिकेटमा सुनील गावस्कर, विरेन्द्र सहवाग र सचिन तेन्दुलकर पछि छिटो ५ हजार रन बनाउने भारतीय खेलाडी बनेका छन् । गावस्करले ९५ टेस्ट पारीमा आफ्नो ५ हजार रन पुरा गरेका थिए भने सहवागले ९९ पारीमा पुरा गरेका थिए । त्यस्तै तेन्दुलकरले १०३ पारीमा आफ्नो ५ हजार रन पुरा गरेका थिए ।

यस खेलबाट विराटले अर्को नयाँ रेकर्ड पनि बनाएका छन् । उनले सन् २०१७ मा सबै भन्दा बढी रन बनाउने अन्तर्राष्ट्रिय खेलाडी पनि बनेका छन् । विराटले सन् २०१७ मा २६ सय भन्दा बढी रन बनाएका छन् ।

त्यस्तै टेस्ट क्रिकेटमा उनले बनाएको २० सतक पनि भारतका महान क्रिकेटर सचिनले भन्दा छिटो बनाएका छन् । सचिनले १०७ पारीमा आफ्नो २०औ टेस्ट सतक बनाएका थिए भने विराटले १०५ पारीमा आफ्नो २०औ सतक बनाएका छन् । भारतकै सुनील गावस्करले ९३ टेस्ट पारीमा आफ्नो २०औ सतक पुरा गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय