• २०८१ बैशाख १७ सोमबार

मेसी र नेइमारको मित्रता संकटमा’, रोनाल्डो बने प्रमुख कारण !

kharibot

काठमाडौँ । घनिष्ट मित्र रहेका लियोनेल मेसी र नेइमारको मित्रता टुट्न लागेको संकेत देखिएको छ । 

बार्सिलोनाका पूर्वखेलाडी एवं मेसीका घनिष्ट मित्र नेइमारले मेसीका प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोसँग गत अक्टोबरमा फिफाद्वारा आयोजित बर्षको उत्कृष्ट खेलाडीको पुरस्कार वितरण कार्यक्रमपछि तस्विर खिचाएकोमा मेसी असन्तुष्ट भएको बताइएको छ । 

नेइमारले आफ्ना पिता र रोनाल्डोको साथमा तस्विर खिचाएका थिए । स्पेनिस मिडिया डायरियो गोलका अनुसार नेइमारले आफु प्रतिको ‘लोयलिटी’ नदेखाएको गुनासो गरेको बताइएको छ ।

फिफाको सो कार्यक्रममा नेइमारले रोनाल्डो पुरस्कार लिन जानु अघि पनि हात मिलाएका थिए । फिफाको बर्ष खेलाडीका लागि नेइमार, मेसी र रोनाल्डो अन्तिम प्रतिष्पर्धी थिए ।

केहि साता अघि मेसीले नेइमार पिएसजी गएपछि बार्सिलोना धेरै राम्रो भएको प्रतिक्रिया दिएका थिए । मेसीले नेइमार गएपछि बार्सिलोनाको टिममा धेरै परिवर्तन आएको र टिम अझ बढी सन्तुलित बनेको प्रतिक्रिया दिएका थिए । मेसीको यो प्रतिक्रियालाई पनि नेइमारसँगको असन्तुष्टिसँग जोडेर हेरिएको छ ।

मेसीले रोनाल्डोलाई सपोर्ट गरेर आफ्नो अपमान गरेको बुझेको फुटबल सम्बन्धि रिपोर्टिंग गर्ने स्पेनिस मिडिया डायरियो गोलले उल्लेख गरेको छ ।

फुटबलमा ब्राजिल र अर्जेन्टिना आपसमा ठुला प्रतिद्वन्दी भएपनि मेसी र नेइमारलाई एक असल मित्रका रुपमा विश्वभरका फुटबल प्रेमीले मैदान र मैदान बाहिर हेरिरहेका बेला यस्तो रिपोर्ट बाहिरिएको छ । यद्यपी दुवैले आधिकारिक रुपमा यसबारे केहि बोलेका छैनन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै