• २०८१ बैशाख १५ शनिबार

डब्लुटियोको मन्त्रीस्तरीय सम्मेलन अर्जेन्टिनामाः यस्तो छ, नेपालको तयारी

kharibot

काठमाडौँ ।   विश्व व्यापार संगठन(डव्लुटियो)को ११ औं मन्त्रीस्तरीय सम्मेलन आगामी डिसेम्बर १० देखि अर्जेन्टिनामा सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने बैठक डव्लुटियोको सदस्य भएका देशहरुको सहभागितामा प्रत्येक दुई/दुई वर्षमा हुँदै आएको छ ।  नेपाल पनि डब्लुटियोको सदस्य राष्ट्र भएकोले डिसेम्बर १० मा हुने बैठकमा विगतमा भएका सहमति र आगामी दिनमा उठाउनुपर्ने एजेण्डाबारे छलफल गरेको छ ।

नेपाल डब्लुटियोको सदस्य भए पनि भारतले गरेको नाकाबन्दीका विषयमा केही डब्लुटियोले कुनै भूमिका नखेलेको भन्दै चर्काे आलोचना हुँदै आएको थियो ।
वाणिज्य मन्त्रालयले बैठकमा व्यापार सहजीकरण सम्झौता, इ–कमर्श लगायतमा नेपालले आफ्नो अडान राख्दै उत्पादनलाई वृद्धि गर्नका लागि आवाज उठाउन तथा विगतमा भएका सम्झौताका आधारमा नेपालले पाएको सुविधाको उपयोगका लागि कार्यान्वयन योग्य स्वदेशी योजना र कार्यक्रम गर्ने विषय उठाउनु पर्नेमा सरोकारवालाले सुझाव दिएका छन् । 

यी हुन् डब्लुटियोमा राखिने मुख्य एजेण्ड

मन्त्रालयले गरेको गोष्ठीमा विशेष गरी सम्मेलनमा ई कर्मश, व्यापार सहजीकरण कार्यान्वय, लगानी, डिउटी फ्रि, भन्सार अवरोध जस्ता कुरालाई एजेन्डाका रुपमा राखिएको छ । बाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले डव्लुटियोको सदस्य भएकाले नेपालले किन सुविधा लिन सक्यो सकेन भनेर छलफल गर्न जरुरी रहेको बताए । मुलुकको व्यापार घाटा कम गर्नका लागि नेपालले भएका भन्सार छुट सुविधा प्रयोग गरेर जतिसक्दो निर्यात बढाउन अति आवश्यक रहेको उनले बताए ।

एक दशक अघिदेखि मुलुकको व्यापार घाटा ओरालो लागिरहेकाले पनि यसलाई कसरी कम गर्ने भन्ने विषयमा विशेष जोड दिनुपर्ने उनको भनाई छ । नेपाल सन् २००४ मा डव्लुटियोको सदस्य भएको थियो । विभिन्न १६४ देश डव्लुटियोको सदस्य बनेका छन । डव्लुटियोको सदस्य भएका देशले विश्वबजारमा व्यापार गर्न खुल्ला छ । बाणिज्य मन्त्रालयको आयोजना र  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सह–आयोजनामा भएको छलफलमा डब्लुटियोको बैठकमा उठाउने छलफलका विषयमा छलफल भएको छ ।  

नेपाल जस्ता भुपरिवेष्ठित अतिकम विकसित राष्ट्र (एलडीसी)का आयात, निर्यातका अवस्था, सम्भावना, चुनौतीबारे पनि छलफल हुनेछ ।  छलफलका अधिकांश वक्ताले अति कम विकसित राष्ट्रहरुसँग समन्वय र लविङ गरेर साझा एजेण्डा कार्यान्वयन गर्न र निर्यातमूखी अर्थतन्त्रमा केन्द्रित भई अघि बढ्न सुझाव दिएका थिए ।

विज्ञको सुझाव यस्तो छ

व्यापार विज्ञ एंव पुर्व सचिव पुरुषोत्तम ओझाले डव्लुटियोको सदस्यपछि नेपालले गरेको प्रतिवद्धता कार्यान्वयनमा ल्याउन नसकेको बताए । विश्व बजारमा व्यापार विस्तार गर्नका लागि उत्पादन र उत्पादकत्वमा जोड दिइनुपर्ने बताउँदै उनले स्वदेशी सामान निर्यात गर्दा भन्सारमा देखिएका अवरोध हटाउदै जानुपर्ने बताए । “डव्लुटियोबाट भूपरिवेष्टित मुलुक नेपालले पाउने सुविधा लिन सकेको छैन, व्यापार विज्ञ ओझाले भने“विगतमा गरिएका प्रतिवद्धतालाई कार्यान्वयनमा जानुपर्छ ।”

नेपाललाई सामान निर्यात गर्नका लागि डिउटी फ्रि र कोटा फ्रि सुविधा भए पनि भन्सार अवरोधले गर्दा सामान निर्यात गर्न धेरै समस्या हुने गरेको उनले बताए । यस्तै अर्का अर्थविज्ञ डा. पोषराज पाण्डेले डव्लुटियोको आगामी डिसेम्बरमा हुन लागेको ११ औंआँै मन्त्रीस्तरीय सम्मेलनमा नेपालको व्यापारलाई कसरी विस्तार गर्ने विषयमा जोड दिइनुपर्ने बताए । यस अघिको सम्मेलनमा व्यापार प्रवद्र्धनका लागि नेपालले पाएका सुविधा कार्यान्वयनमा लैजानपर्नेमा उनले जोड दिए । 

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले डव्लुटियोको सदस्य बनेपछि नेपाललाई के फाइदा र के बेफाइदा भयो भनेर सरोकारवाल निकायबीच छलफल गर्न अति जरुरी रहेको बताए । चरम राजनीति, बन्द हडतात, ऊर्जा अभाव लगायतका कारणले विश्वमा प्रतिष्पर्धा गर्ने सामानको उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसक्दा मुुलुकको व्यापार घाटा बढ्दै गएको उनको भनाई छ । “डूव्लुटियोको सदस्य भएपनि विश्वबजारको जुनसुकै ठाउँमा पनि व्यापार गर्न पाइने भनिएपनि मुलुकमा भएको राजनीति अस्थिरताले निर्यात बढाउन सकिएन,”उनले भने“ छिमेकी मुलुकमा उद्योग क्षेत्रमा सवै किसिमका सुविधा भएपनि नेपालमा नहुँदा निर्यात बढाउन सकिएको छैन ।”

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै