• २०८१ बैशाख १५ शनिबार

रियल म्याड्रिडका पुर्वखेलाडी रोबिन्होमाथि बलात्कारको आरोपमा ९ बर्षको सजाय !

kharibot

काठमाडौँ । इटालीको एक अदालतले चर्चित ब्राजिलियन फुटबलर रोबिन्होलाई एक सामुहिक बलात्कारको मुद्धामा दोषी मान्दै ९ बर्षको काराबास सजाय सुनाएको छ ।

सन् २०१३ मा एक २२ बर्षिय अल्बानियन युवतीलाई मिलानको रात्री क्लबमा सामुहिक बलात्कार गरेको आरोप रोबिन्होमाथि लागेको थियो । मिलानको रात्री क्लबमा जनवरी २२, २०१३ को सो घटनामा रोबिन्होसहित ६ जना सहभागी रहेको बताइएको छ ।

सन् २०१५ मा नै एसी मिलान छोडेका रोबिन्हो अदालतमा उपस्थित नभएपनि उनका वकिलको माध्यमबाट सो मुद्धा लडेका थिए । बिबिसी अनुसार रोबिन्हो माथिको सजाय अपिलको प्रक्रिया पुरा नहुन्जेल कार्यान्वयनमा भने आउने छैन ।

ब्राजिलका लागि १००औ खेल खेलका रोबिन्हो इङलिश क्लब म्यान्चेस्टर सिटीका लागि पनि २ बर्ष खेलेका थिए । हाल रोबिन्हो ब्राजिलको क्लब एथलेटिको मिनेरियोबाट खेल्ने गर्दछन् ।
रोबिन्होले भने सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै आफु सो घटनामा सहभागी नभएको बताउदै आफुले सो मुद्धाको बारेमा आफ्नो पक्ष राखिसकेको बताएका छन् ।

ब्राजिलियन क्लब सान्तोषबाट आफ्नो क्यारियर सुरु गरेका रोबिन्होले स्पेनिश क्लब रियल म्याड्रिडमा ४ सिजन खेल्दा २ ला लिगाको उपाधि जितेका थिए भने सन् २००८ मा म्यानचेस्टर सिटीमा जाँदा त्यतीबेलाको रेकर्ड ३२.५ मिलियन पाउण्डमा गएका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय