• २०८१ बैशाख १६ आइतबार

हुम्लामा चुनावी अन्तक्र्रिया कार्यक्रम सम्पन्न

kharibot

हुम्ला । जिल्लामा निर्वाचन सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । 

मुख्य निर्वाचन अधिकृत मोहिनीप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो । 

निर्वाचन निष्पक्ष, शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि सबैको सहयोग हुने कुरामा आफू आशावादी रहेको पौडेलले बताए । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था राम्रोसँग मिलाइएको जानकारी दिए । 

कार्यक्रममा सहभागिले विभिन्न ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएकामा गुनासो गरेका थिए । यस क्रममा विद्युत्भार कटौती भइरहेको दलका नेताहरुले जानकारी गराएका थिए । 

यस्तै, नाम्खा गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टरले मतदान सामग्री ढुवानी गरिएको छ । सो क्षेत्रमा कर्मचारी हेलिकप्टरमा पठाइएको प्रजिअ बास्तोलाले जानकारी दिए । 

मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी 

जिल्लाभरिमा ५२ मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी खटाइएको छ । उनीहरु आ–आफ्नो क्षेत्रमा खटिएका मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । 

निर्वाचन कार्यालयका अधिकृत प्रदीपसिंह धामीले मतपेटिकालगायत सामग्री सबै ठाउँमा समे बुझाइएको कुरा धामीले बताउँदै मंसिर ८ र ९ गते विभिन्न केन्द्रमा परिचयपत्र बिहान ७ बजेदेखि वितरण गरिने धामीले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै