• २०८१ बैशाख १५ शनिबार

गणतन्त्रको नम्बर शेरबहादुरको भन्दा मेरो धेरै आउछ – एमाले अध्यक्ष ओली 

kharibot

दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई गणतन्त्र ल्याउन सिन्को पनि नभाँचेको आरोप लगाएका छन् । ओलीले आफूलाई गणतन्त्रको विरोधी भन्नेहरुलाई गणतन्त्रको सर्टिफिकेट पाउने स्थान देखाइदिन पनि आग्रह गरेका छन् ।

दाङको घोराहीमा भएको वाम गठबन्धनको चुनावी सभामा बोल्दै एमाले अध्यक्ष ओलीले गणतन्त्रको सर्टिफिकेट कहाँ पाइन्छ ? कस्तो हुन्छ ? २०४६ सालदेखि लोकतन्त्र ल्याउन सडकमा हिँडेको मान्छेलाई गणतन्त्रबारे कसैले सिकाउनु पर्दैन भन्दै गणतन्त्र ल्याउन म २०४६ सालदेखि लडिरहँदा शेर बहादुर देउवाजी कता गल्लीमा भौतारिरहनुभएको थियो ? भन्ने प्रश्न गरेका थिए ।

ओलीले यदि गणतन्त्रको सर्टिफिकेट पाएमा शेरबहादुर देउवाले भन्दा पहिले आफुले पाउने र नम्बर पनि धेरै पाउने दावी गरे । ‘गणतन्त्रको सर्टिफिकेट पाउने हो भने देउवाले भन्दा मैले नै पहिला पाउँछु र नम्बर पनि उनको भन्दा मेरो धेरै आउँछ’ ओलीले भने ।

कार्यक्रममा माओवादी केन्द्रका  माओवादी नेता राम बहादुर थापा बादलले नेपाली कांग्रेसले चुनाव जिते देश फेरि एकपटक अधोगतीतर्फ जाने बताए । यसपालीको चुनाव सामान्य नभएको र अहिले कांग्रेसले जिते वर्षौंसम्म जालझेल गरेर कांग्रेसले नै शासन गरिरहने हुँदा निकै विचार पुर्‍याएर मात्रै भोट हाल्न वादलले आग्रह गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै