• २०८१ बैशाख १८ मंगलबार

श्रद्धाञ्जलि सभामा भाग लिन बुहारी विनासँगै प्रचण्ड चितवनमा 

kharibot

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र वियोगको तेस्रो दिन गृह जिल्ला चितवनमा पुगेका छन् । 

चितवन ३ मा आज हुने वाम गठबन्धनको चुनावी सभामा सहभागी हुन उनी चितवन पुगेका हुन् । उक्त सभामा प्रकाश दाहाललाई श्रद्धाञ्जलि दिएपछि सुरु भएको छ । 

सो सभामा अध्यक्ष प्रचण्ड सहभागी भएपनि सम्वोधन नगर्ने तर एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता रामबहादुर थापा बादललगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डका पुत्र तथा माओवादी केन्द्रका युवा नेता प्रकाश दाहालको असामयिक निधनप्रति सिंगो पार्टी तथा वाम गठबन्धनकातर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ । देशै भरी आज लागि पूर्व निर्धारित वाम गठबन्धनका सबै चुनावी सभामा स्व. प्रकाश दाहालको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।

श्रद्धाञ्जलि  सभामा उम्मेदवार तथा पार्टीका नेताहरुले स्व. दाहालको तस्वीरमा माल्यापर्ण गर्दै उनले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै देशले इमान्दार र मेहनेती युवा नेता गुमाएको धारणा व्यक्त गरे । कार्यक्रममा पतिको वियोगमा रहेकी विना मगर पनि सहभागी भएकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै