• २०८१ बैशाख १७ सोमबार

सर्वोच्च अदालत परिसरमा बमको हल्ला, अदालत परिसर खाली गराइदै 

kharibot

काठमाडौं । रामशाहस्थित सर्वोच्च अदालतमा बम राखेको हल्ला चलेपछि आजको लागि तोकिएका सबै पेशी स्थगित गरिएको छ । 

अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो । अहिले प्रहरीले सर्वोच्च परिसर खालि गराउन लागेको छ । सर्वोच्चको दोस्रो तलामा बम रहेको हल्ला भएपनि बम भने अहिलेसम्म कसैले नदेखेको सर्वोच्च परिसरमा रहेका प्रहरीले खरीबोटलाई बताएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताएका छन् । एसएमएस आएको नम्बर प्रहरीलाई दिइएको बताइएको छ ।  
अहिले प्रहरीले कुकुरको सहयोगमा बमको खोजि गरिरहेको छ भने बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली अदालतमा पुगेको छ ।

तस्विर : नवराज रेग्मी/खरीबोट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै