• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री देउवाद्वारा प्रचण्डनिवास पुगेर प्रकाशलाई श्रद्धाञ्जली

kharibot

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा पुगेर आइतबार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएका छन् । देउवा सोमबार बिहान लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका हुन् । 

प्रधानमन्त्री देउवा एयरपोर्टबाट सोझै लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन् ।

शुभेच्छुकहरुसँग कुराकानी गर्दै प्रचण्डले धैर्य गर्नुपर्छ भन्ने बुझेर नै आफू सम्हालिएको र आफू अझै पनि सामान्य हुन नसकेको बताए ।  श्रद्धाञ्जी र दाहसंस्कारमा सहभागीहरुलाई उनले परिवार र पार्टीको तर्फबाट धन्यवाद पनि दिदै आफूले धेरै कुरा देखे भोगेको भएर केही सजिलो भए पनि परिवारलाई सम्हाल्न गाह्रो भएको प्रचण्डले बताएका छन् ।

सोमबार बिहान नै राष्ट्रपति विद्यादेवी भण्डारी पनि श्रद्धाञ्जलीका लागि प्रचण्ड निवास पुगेकी थिइन् । त्यसैगरी एमाले अध्यक्ष केपी ओली , नेता माधवकुमार नेपाल पनि बिहानै प्रचण्ड निवास पुगेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै