• २०८१ बैशाख १५ शनिबार

प्रकाश दाहालको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्यो । 

समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट गर्यो । 
समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै