• २०८१ बैशाख १७ सोमबार

दाहालको निधनप्रति प्रम देउवा दुःखी

kharibot

काठमाडौँ / नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा असामयिक निधन भएकामा दुःख व्यक्त गरेको छ ।

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले दिवंगत प्रकाशको चीरशान्तिको कामना गर्दै पूर्वप्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनप्रतिसमवेदना प्रकट गरेका छन् ।

स्व प्रकाशप्रति काँग्रेसले श्रद्धाञ्जलि अर्पण गर्दै उनको चीर शान्तिको कामना र परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

यसैगरी काँगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि दाहालको निधनप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै