• २०८१ बैशाख १४ शुक्रबार

प्रचण्डपुत्रको निधनपछि एमालेको २ देखि ३ बजेसम्मका सबै कार्यक्रम स्थगित

kharibot

काठमाडौं । नेकपा एमालेले आज २ देखि ३ बजेका लागि पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम १ घण्टाका लागि स्थगित गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको अकस्मात् मृत्यु भएपछि उक्त समयको प्रचार कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ ।

एमालेका केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति जारी गर्दै १ घण्टाका कार्यक्रम स्थगित गरिएको बताएका हुन् । प्रकाश दाहालको आज राति घरमा सुतेको अवस्थामा मृत्यु भएको थियो । उनलाई बिहानै नर्भिक अस्पताल लगिए पनि अस्पतालले मृत घोषित गरेको थियो । झापा रहेका प्रकाशका पिता प्रचण्ड काठमाडौं आएपछि अस्पतालले औपचारिक रुपमा मृत्युको कारणबारे बताएको थियो । अस्पतालका अनुसार उनको आकस्मिक हृदयाघातबाट मृत्यु भएको हो ।

मृतक दाहालको पार्थिव शरीर अहिले पार्टी कार्यालय पेरिसडाँडामा रहेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै