• २०८१ बैशाख २६ बुधबार

कांग्रेसका स्थानीय नेता शिवाकोटीको दुर्घटनामा निधन

kharibot

दमक ।  नेपाली काँग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ । 

गौरादह–१ निवासी ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको पार्टीका जिल्ला सभापति यादव सेढाईंले जानकारी दिए । 

तीव्र गतिमा आएको कारले रोकिराखेको शिवाकोटी सवार मोटरसाइकललाई शुक्रबार बिहान पाडाजुंगी–गौरादह सडक खण्डको बेलडाँगी भन्ने स्थानमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते शिवाकोटीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि बिएण्डसी अस्पताल लगिएको थियो । 

ठक्कर दिने कारलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको जनाएको छ । शिवाकोटीको आइतबार बिहान स्थानीय किस्ने घाटमा अन्त्येष्टि गरिने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै