काठमाडौँ । डेनमार्क विश्वकप फुटबलमा छनौट भएको छ ।
गएराती भएको विश्वकप प्लेअफको दोस्रो लिगमा आयरल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले आगामी बर्ष रसियामा हुने विश्वकपमा ठाउ सुरक्षित गरेको हो ।
पहिलो लिगमा बिनाकुनै गोल बराबरीमा सकिएकोमा दोस्रो लिगमा डेनमार्कले शानदार कम्ब्याक गरेको थियो ।
डेनमार्कका लागि टोटनह्यामबाट खेल्ने क्रिस्टियन इरिक्सनले ह्याट्रिक गरेका थिए । एक गोल आयरल्याण्डका साइरस क्रिस्टाइनले आत्मघाती गरेका थिए भने एक गोल निकोलस बेन्डटनरले पेनाल्टी मार्फत गरेका थिए । आयरल्याण्डका लागि एक मात्र गोल शेन डफीले गरेका थिए ।
डेनमार्क योसँगै पाचौ पटक विश्वकपका लागि छनौट भएको छ । यस अघि सन् १९८६, १९९८, २००२ र २०१० को विश्वकप खेलिसकेको छ । विश्वकपमा डेनमार्क सन् १९९८ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । यो नै उसको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।