• २०८१ बैशाख १४ शुक्रबार

मेसीबिना खेलेको अर्जेन्टिना नाइजेरियासँग पराजित 

kharibot

काठमाडौँ । लियोनेल मेसी बिना खेलेको अर्जेन्टिना मैत्रीपूर्ण खेलमा नाइजेरियास्नाग पराजित भएको छ । गएराती भएको खेलमा अर्जेन्टिनालाई नाइजेरियाले ४-२ गोल अन्तरले पराजित गरेको छ ।

अर्जेन्टिनाका लागि बनेगा र अग्युरोले गोल गरेका थिए भने नाइजेरियाका लागि आर्सनलबाट खेल्ने एलेक्स इओबीले दुई इडोउ र म्यान्चेस्टर सिटीबाट खेल्ने केलेची इहेंचोले एक एक गोल गरेका थिए । 

खेलको हाफ टाइममा सर्जियो अग्युरो बेहोस भएपछि अस्पताल लगिएको थियो । अग्युरो बिश्राम समयका बेला ड्रेसिङ रुपमा बेहोस भएका थिए । उनलाई लगतै अस्पताल लगिएको थियो । दोस्रो हाफमा उनि खेल्न सकेनन् ।

पहिलो हाफमा २-१ ले अर्जेन्टिना अगाडी रहेकोमा नाइजेरियाले दोस्रो हाफमा खेलमा कम्ब्याक गर्दै अर्जेन्टिनामाथि ठुलो जित हासिल गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै