• २०८१ बैशाख १७ सोमबार

उरुग्वेसँग अर्जेन्टिना पराजित

kharibot

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ । शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए ।

यो गत बर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो ।

साथै विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो । ५ खेलमा १२ अंक हासिल गरको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै यो जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै