• २०८१ बैशाख १७ सोमबार

विश्वकप विजेता अर्जेन्टिनाका मिडफिल्डरलाई दुई बर्षको प्रतिबन्ध

kharibot

काठमाडौँ । अर्जेन्टिनाको विश्वकप विजेता टिमका सदस्य रहेका अट्याकिङ मिडफिल्डर पापु गोमेजलाई डोपिङ टेस्टमा फेल भएपछि दुई बर्षको प्रतिबन्ध लागेको छ ।

स्पेनिस ला लिगामा सेभियाबाट खेल्नेक्रममा गोमेजले रातिमा निन्द्रा नलागेपछि डाक्टरको सल्लाह बिना प्रतिबन्धित बच्चाको सिरप खाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

डोपिङ टेस्टमा पोजेटिभ देखिएपछि उनले दिएको जावफ चित्तबुझ्दो नपाइएपछि उनलाई दुई बर्षको प्रतिबन्ध लगाइएको हो । सेभियामा उनको पटक पटक गरिएको डोपिङ टेस्ट पोजेटिभ आएको थियो । एक महिना अघिदेखि नै टेस्ट गरिएको भएपनि अहिले आएर उनीमाथि फिफाले दुई बर्षको प्रतिबन्ध लगाएको छ । 

गोमेजले सेप्टेम्बर १ मा सेभिया छोडेर इटालियन क्लब मोन्जामा गएका थिए । गतबर्ष कतारमा सम्पन्न विश्वकपमा अर्जेन्टिनाका लागि गोमेजले दुई खेल खेलेका थिए ।  उनले अर्जेन्टिनाका लागि अहिलेसम्म १७ खेल खेल्दै ३ गोल गरेका छन् । 
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै