नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

खरीबोट

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए । 

उनले भने, ‘हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।’

युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ । गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ । 

सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिए । 

सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ । 

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ । बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
 

सम्बन्धित समाचार

जेरार्ड पिके २०२२ सम्म बार्सिलोनामै रहने, सम्झौता नविकरण गर्ने घोषणा   

काठमाडौँ । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा आफ्नो सम्झौता २०२२ सम्मका लागि नवीकरण गरेका छन् । बार्सिलोना क्लबले आज दिएको जानकारी अनुसार पिकेले ५ सय मिलियन युरोको बाइआउट शर्तमा नयाँ सम्झौता

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सम्झौता 

काठमाडौँ । लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ ।  सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै

भारतसँगको सन्धिसम्झौता पुनरवलोकन गर्न आवश्यक छ : दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच विगतमा भएका सन्धिसम्झौतालाई नयाँ आधारमा पुनरवलोकन गर्न आवश्यक रहेको बताएका छन् ।  नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग पार्टी केन्द्रीय कार्यालय

सम्झौता भएको नौ महिनासम्म टहरामै काष्ठमण्डप !

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न सम्झौता भएको नौ महिनासम्म पनि अलपत्र अवस्थामा छ । काम शुरु हुन नसक्दा जस्ताको टहराले काष्ठमण्डपलाई छोपेर राखिएको छ । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस