संखुवासभामा उम्मेदवार माथि बम प्रहार

खरीबोट
ad

संखुवासभा । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा९एमाले०का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ क का लागि नेकपा९माओवादी केन्द्रका उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन । अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ ।

अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन । बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घण्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ ।

सम्बन्धित समाचार

निर्वाचन अघिको मौन अवधि हटाउन सरोकारवालाको माग

काठमाडौँ । निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्नेमा जोड दिइएकोे छ ।  सामूहिक अभियानले आज यहाँ आयोजना गरेको ‘पैसालाई

अन्डरलाइन राखेर नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता 

काठमाडौं । नेकपा  एमाले र माओवादी केन्द्रबीच एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले

एमाले-माओवादी आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारीमा, यसरी भयो भागबन्डा    

काठमाडौँ । एमाले र माओवादीबीच आज पार्टी एकता हुदै छ । बुधबार एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको छ । एमाले बैठकमा विहिबार एकीकृत पार्टी

सैद्धान्तिक छलफलमा क्षेत्रगत बजेट र योजना माग

काठमाडौँ ।  ‘माननीय अर्थमन्त्रीज्यू, मेरो निर्वाचन क्षेत्रमा सडक र खानेपानीका लागि बजेट विनियोजन गर्नुहोला ।’  आगामी बजेटको सैद्धान्तिक छलफलका लागि केही वर्षदेखि संसदीय अभ्यासमा ल्याइएको पूर्वबजेटसम्बन्धी छलफलमा सांसद्ले आफ्नो प्रदेश, जिल्ला

Loading...
Loading...