काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा जापानलाई पराजित गरेको छ ।
शुक्रबार भएको खेलमा ब्राजिलले जापानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलका लागि नेइमार, मार्सेलो र गाब्रियल जिससले गोल गरेका थिए भने जापानका लागि एक गोल माकिनोले गरेका थिए ।
खेलको १०औ मीनेटमा ब्राजिलले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै नेइमारले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको १६औ मिनेटमा ब्राजिलले पाएको दोस्रो पेनाल्टीलाई भने नेइमारले गोल गर्न सकेनन् ।
तर १७औ मिनेटमा मार्सेलोले गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर पारेका थिए । खेलको ३६औ मीनेटमा जिससले गोल गर्दै ब्राजिलले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा जापानका माकिनीले सान्त्वना गोल गरेका थिए ।
ब्राजिलले यसै साता इङल्याण्डसँग पनि मैत्रीपूर्ण खेल खेल्दै छ ।