• २०८१ बैशाख १६ आइतबार

शनिबारको खेलमा नेइमार खेल्नेमा अनिश्चित, ला लिगाले ट्रान्सफर प्रमाणपत्र अझै पठाएन  

kharibot

पिएसजीमा आएपछि पहिलो पटक आफ्ना ब्राजिलियन समकक्षि डानी आल्भेजसँग प्रशिक्षणका क्रममा

काठमाडौँ, शुक्रबार फ्रेन्च क्लब पिएसजी आएका ब्राजिलियन खेलाडी नेइमारले पिएसजीको पहिलो खेलमा शनिबार खेल्ने सम्भावना कम देखिएको छ ।

फ्रेन्च लिग र ला लिगाले कागजी प्रक्रियामा त्रुटी गरेका कारण नेइमारले शनिबार आफ्नो पहिलो खेल खेल्न नपाउने सम्भावना बढेको हो ।

यद्यपि फ्रेन्च लिगका अधिकारीहरुले नेइमारलाई लिगमा दर्ता गर्ने प्रयास गरिरहेका छन् मिडिया रिपोर्टका अनुसार फ्रेन्च लिगमा दर्ता हुन अन्तर्राष्ट्रिय ट्रान्सफर प्रमाण पत्र चाहिने र सो अहिलेसम्म आइनपुगेकाले नेइमार पहिलो खेल खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन । फ्रेन्च लिगका अधिकारीहरुले स्पेनिस लिगबाट सो प्रमाणपत्र पर्खेर बसेको जनाएका छन् ।

उता स्पेनिस लिगका अधिकारीहरु भने पिएसजीले नेइमारमाथि गरेको खर्चमा प्रश्न उठाउदै फिफामा उजुरी गर्ने तयारी गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै