• २०८१ बैशाख १८ मंगलबार

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित, मेसीले गरे सयौ गोल 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विजयी भएको छ । गएराती भएको खेलमा बार्सिलोनाले ग्रिसको क्लब ओलम्पियाकसलाई ३-१ ले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसीको च्याम्पियन्स लिगमा सयौ गोल गरेका छन् । खेलको १८औ मिनेटमा ओलाम्पियाकसका निकोलाउले आत्मघाती गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता लिएको थियो । 

खेलको ४२औ मिनेटमा बार्सिलोनाका डिफेन्डर पिक्युले रातो कार्ड पाएर बाहिरिए पछि १० खेलाडीमा सिमित बार्सिलोनाले ६२औ मिनेटमा मेसीको गोलले अग्रता दोब्बर पारेको थियो । बार्सिलोनाको लागि तेस्रो गोल खेलको ६४औ गोल दिग्नेले गरेका छन् । 

ओलाम्पियाकसका लागि खेलको ८९औ मिनेट आत्मघाती गोल गरेका निकोलाउले नै गरेका थिए ।

यो जितपछि बार्सिलोनाले समुहमा तीन खेलमा जित हासिल गर्दै दोस्रो चरणमा छनौटको नजिक पुगेको छ । त्यस्तै ओलाम्पियाकसले भने समुहमा तिनै खेलमा पराजित भएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै