काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब लेस्टर सिटीले आफ्ना म्यानेजर क्रेग शेक्सपियरलाई बर्खास्त गरेको छ ।
गएराती वेस्ट ब्रोमसँग भएको खेलमा लेस्टरले नतिजा निकाल्न नसके पछि क्लबले आफ्ना म्यानेजर क्रेगलाई हटाएको हो । क्रेग चार महिना अघि मात्र क्लबमा स्थायी म्यानेजर बनेका थिए ।
लिग जिताएका म्यानेजर क्लाउडियो रानिएरीको ठाउमा आएका क्रेगले लेस्टरलाई १० खेलमा केबल एक जित मात्र जिताउन सफल भएका छन् । लेस्टर अहिले प्रिमियर लिगमा ८ खेलमा केबल ६ अंक हासिल गरेर १८औ स्थानमा रहेको छ ।
सन् २०१५-०१६ को लिग विजेता टिम पुछारमा रहेपछि क्लबले आज म्यानेजर क्रेगसँगको बैठक पछि सो निर्णय गरेको डेलिमेलले उल्लेख गरेको छ ।